दुर्घटना

दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

नवलपुर टुडे
२०८१ बैशाख २९ | मध्यान्ह ०४:०१ बजे

दाङ, वैशाख २९ । दाङ अटो दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका– ३ को भित्री सडकमा अटो दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले खमारीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा तुलसीपुर– ३ पैंयाखर्क २७ वर्षीय जीवन घर्ती (चालक) को मृत्यु भएको जानकारी दिए ।

अटो सडकदेखि करिब २५ मिटर तल खोलामा खसेको मल्लले बताए। आज (शनिबार) बिहान ७ बजे घर्ती मृत अवस्थामा फेला परेपनि गएराति साढे १० बजेतिर उनी दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

कमेन्टहरु