विजयनगरमा माेटरसाइकल र ट्रेक्टरमा ठाेकिँदा एक जनाकाे मृत्युु
धर्मेन्द्र कुमार कुर्मी
२०८१ बैशाख २८ | मध्यान्ह ०८:०१ बजे

कपिलवस्तु । विजयनगर गाउँपालिका- ६ बद्धाैर हुलाकी सडकमा माेटरसाइकल र ट्याक्टर ठाेकिँदा एक जनाकाे मृत्युु भएको छ । मृत्युु हुनेमा कृष्णनगर नगरपालिका- १ डुमाईका माेटरसाइकल चालक २९ वर्षीय बुफरान खाँ रहेका छन् ।
भारतीय युपी ५५ एम नम्बरकाे माेटरसाइकल र लु ५ त ७१३ नम्बरकाे ट्याक्टर ठाेकिँदा माेटरसाइल चालक बुफरान खाँकाे मृत्युु भएको हाे । गम्भीर घाइते भएका खाँकाे उपचारकाे क्रममा चाैराहा अस्पताल बुटवलमा मृत्युु भएकाे पारिवारिक स्राेतले जनाएको छ ।


















