नवलपरासीको सुस्तामा ट्याक्टर दुर्घटना हुदा एकजनाको मृत्यु, एक घाईते


परासी । पश्चिम नवलपरासीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन । आज दिउँसो सुस्ता गाउँपालिका- ३ बिगेटस्थित भित्री सडकखण्डमा पर्ने कुडियाबाट रतनगंज तर्फ जाँदै गरेको लु ३ त २८४ नं. को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएकाहरुलाई तत्काल प्रहरीले उद्दार गरी अस्पताल पुर्याउदा सुस्ता गाउँपालिका- ५ तरेली बस्ने सुरेन्द्र कंकरको छोरा बर्ष अन्दाजी १३ को गोलु भन्ने रोहित कंकरलाई पृथ्वीचन्द्र अस्पताल परासीका डाक्टरले मृत घोषण गरेको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
दुर्घटनामा सुस्ता गाउँपालिका- ४ नर्सही बस्ने अन्दाजी २१ बर्षको सुकई मल्लाह रहेको छ । उनको शरिरको बिभिन्न भागमा चोट, बोल्न सक्ने, अवस्था मध्यम रहेको र उनलाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज भैरहवा रुपन्देहीमा रिफर गरिएको बोहराले बताए ।























