बिजयनगरबाट अवैध सिद्रा माछा बरामद

नन्द किशोर कुर्मी (लालु)
२०८१ बैशाख २८ | बिहान ०६:०१ बजे

कपिलवस्तु । कपिलवस्तुको बिजयनगर गाउँपालिका- ५ नौरङ्गियामा भारतबाट अबैधरुपमा ल्याउदै गरेको सिद्रा माछा बरामद गरिएको छ ।
बिहिवार साझ ५:२० बजे ८६ केजी अबैध सिद्रासहित युपि ५५ एफ ६८१९ नम्बरको हिरो होण्डा मोटरसाईकल पनि बरामद गरिएको छ । बरामद सिद्रा र मोटरसाइकलको आन्दाजी मूल्य ९५००२/- बराबरको रहेको छ ।
उक्त सामान बिओपी बिजयनगरबाट खटिएको सशस्त्र प्रहरीको चेकिङ टोलीले बरामद गरिएको हो । बरामद सामान आबश्यक कारबाहीका आगि कृष्णनगर भन्सार कार्यालयमा बुझाएको जानकारी दिए ।























