भ्रष्टाचार

रूपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्दकुमार यादव भ्रष्टाचारी ठहर

नवलपुर टुडे
२०८१ बैशाख २७ | मध्यान्ह ०७:०१ बजे

रूपन्देही । रूपन्देहीको कोटहीमाई गाउँपालिकाका तत्कालीन इन्जिनियर अरविन्दकुमार यादव भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । करार सेवामा कार्यरत यादवमाथि वडा नम्बर–७ अन्तर्गतको सडक पीसीसी ढलान र ग्राभेल गर्नका लागि कोटेसनमार्फत काम गरिसकेर भुक्तानी दिन घुस मागेको आरोप लागेको थियो ।

उनले सेवाग्राहीबाट ४५ हजार घुस लिएको पुष्टि भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० साउन १५ मा यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेका थियो ।

अख्तियारले बिगो बमोजिम जरिवाना र कैद मागदाबी गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ मा ५० हजारसम्म घुस खानेलाई बिगो बमोजिम जरिवाना र तीनदेखि चार महिनासम्म कैदको व्यवस्था गरिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार यादवलाई दोषी ठहर गरेको हो ।

कमेन्टहरु