तस्कर

रौतहटमा करिब तीन लाख अबैध सामान बरामद

अशोक यादव
२०८१ बैशाख २७ | मध्यान्ह ०२:०१ बजे

रौतहट । रौतहटमा अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको सामान बरामद गरिएको छ । सामान बुधबार साझ ७:३० बजे बरामद गरेको हो ।

कार्यालय तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला गौर न.पा. वडा नं. ८ र बौधिमाई न.पा.वडा नं.७ स्थितबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको किराना, लत्ताकपडा र मोटरसाईकलसमेत गरी अन्दाजी रु.२,९६,६४०।–( दुई लाख छयानब्बे हजार छ सय चालिस मात्र ) बराबरको बिभिन्न सामान बरामद गरिएको
कार्यालयका सुचना अधिकारीले बताए ।

उक्त सामान आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा दाखिला गरिएको प्रहरीले जानकारी गराए ।

कमेन्टहरु