मुस्ताङको पुथाङमा रक्तदान कार्यक्रम सम्पन्न


मुस्ताङ, वैशाख २७ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ३ पुथाङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको समुदाय प्रहरी साझेदारी तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङको ट्राफिक प्रहरी सप्ताह कार्यक्रम अन्तरगत नेपाल रेडक्रस सोसाईटि मुस्ताङ शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मुस्ताङका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेय, प्रहरी निरीक्षक राजन थापा, जिल्ला ट्राफिक प्रमुख प्रसनि लगायत अन्य प्रहरी अधिकृत तथा विभिन्न दर्जाका १३ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।

साथै मुस्ताङ जिल्लाकी समन्वय प्रमुख माया गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त लगायत विभिन्न कार्यालयका प्रमुख तथा अन्य कर्मचारीहरु, स्थानीय संघसंस्थाका प्रतिनिधिहरु आमा समूहका सदस्यहरु र स्थानीय बासिन्दाहरु समेत गरि जम्मा ५३ जनाले रक्तदान गरेका थिए ।

पछिल्लो समय मुस्ताङ प्रहरी विभिन्न सामाजिक उत्तरदायित्व र सामाजिक सचेतना कार्यक्रममा सरिक हुँदै आएको छ । बिगत ३ हप्ता अगाडि जिल्ला प्रहरी कार्यालय मुस्ताङको समन्वयमा गण्डकी प्रदेश अस्पताल पोखराबाट विशेषज्ञ डाक्टर ल्याई तीर्थयात्री र पर्यटकहरुको लागि एक हप्तासम्म स्वास्थ्य परीक्षण कार्यक्रम जोमसोममा संचालन गरिएको थियो ।
यसले समाजलाई सहि दिशामा रुपान्तरण गर्न टेवा पुग्ने प्रहरीले विश्वास लिइएको छ ।
























