अपराध, कोशी प्रदेश

सुनसरीबाट बरामद गर्‍याे सशस्त्र प्रहरीले एक क्विन्टल गाँजा

नवलपुर टुडे
२०८१ बैशाख २६ | बिहान ०९:०१ बजे

सुनसरी। सशस्त्र प्रहरीले सुनसरीबाट १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्ज, बोर्डर आउट पोस्ट साहेबगञ्ज र हर्बेनिको संयुक्त टोलीले मंगलबार राति बरामद गरेको हो ।

गाँजा बर्जु गाउँपालिका-४ स्थित हसनपुर भन्ने स्थानमा उखुको सुकेको पत्ताले छोपी लुकाई छिपाई बेवारिसे अबस्थामा राखेको ३ बोरा गाँजा बरामद गरेको हो । सो ठाउँमा गाँजा लुकाइ छिपाइ तस्करी गर्न राखिएको भन्ने सुचनाको आधारमा खोजतलास गर्दा ३ वटा बोराभित्र पनि स-साना प्याकेट बनाइ राखिएको गाँजा फेला परेको थियो ।

बरामद गाँजा थप प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

 

कमेन्टहरु