समाचार

चितवन राष्ट्रिय निकुञ्जभित्र गैंडा र बाघ मृत फेला

नवलपुर टुडे
२०८१ बैशाख २५ | मध्यान्ह १२:०१ बजे

चितवन, वैशाख २५ ।  चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा र बाघ मृत अवस्थामा फेला परेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अमलटारीको लामिचौरस्थित हरियो घोलमा भाले गैंडा र पूर्वी क्षेत्रमा पर्ने भिमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ मृत भेटिएको हो ।

गैँडा मृत अवस्थामा भेटिएको गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले जानकारी दिए । अहिले घटनास्थलमा पशुचिकित्सकसहित टोली जाँदै छ ।

यस्तै, बाघ मरेको क्षेत्रमा पनि निकुञ्जका चिकित्सकसहितको टोली जाँदै छ । त्यहाँबाट थप विवरण आउन बाँकी छ । बाघ र गैँडाको मृत्युका कारण खुल्न सकेको छैन ।

निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले दुबै घटनामा अनुसन्धान भइरहेको जानकारी दिए ।

कमेन्टहरु