चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु, एकै परिवारका ३ जना घाइते

नवलपुर टुडे
२०८१ बैशाख २५ | बिहान ०९:०१ बजे

अछाम । चट्याङ लागेर अछाममा एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु भएको हो ।
सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए।
यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।























