दुर्घटना

डडेलधुरामा ट्याक्टर पल्टिँदा दुई युवकको गयो ज्यान, दुईजना घाइते

नवलपुर टुडे
२०८१ बैशाख २३ | बिहान ०८:०१ बजे

डडेलधुरा । डडेल्धुराको नवदुर्गामा ट्याक्टर पल्टिँदा दुई युवाको ज्यान गएको छ । दुर्घटनामा परेर थप दुई जना घाइते भएका छन् ।

नवदुर्गा गाउँपालिका–४ सुरुडामा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर गए राति करिब ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनामा ट्याक्टर चालक धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय धिरज थापामगर र धादिङकै रोराङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको हो ।

कमेन्टहरु