धर्म–संस्कृति/रीतिथिति, मधेश प्रदेश

राैतहटकाे पिप्रापाेखरियामा हनुमान मन्दिरको शिलान्यास

अशोक यादव
२०८१ बैशाख २२ | मध्यान्ह ०७:०१ बजे

रौतहट, वैशाख २२ । राैतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ८ पिप्रापाेखरियामा हनुमान मन्दिरकाे शिलान्यास भएको छ । कटहरिया नगरपालिकाकाे पुर्व वडा अध्यक्ष नबध यादवले आज एक कार्यक्रमबिच साे मन्दिरकाे शिलान्यास गरेका हुन् ।

शहरी विकास मन्त्रालयको १५ लाख लागतमा निर्माण हुन लागेको मन्दिरलाई यादवले सिलान्यास गरेका हुन् । हिन्दुहरूकाे लागि तराईमा अधिकांश रूपले हनुमान जिकाे पुजा आराधना गर्न भगत जनकापुजारीमा व्यापक माग भएकाले साे मन्दिरकाे निर्माणका लागि सिलान्यास गरिएको हो ।

साे कार्यक्रममा कटहरिया नगरपालिकाकाे कार्यपालिका सदस्य मनाेज साह, बिनाेद यादव, श्रि कान्त यादव, भुनेशवर यादव, रामप्रसाद साह, गगन देव दास, गाउँका भद्रभलादमि, वुद्विजिवि, किसान लगायतका सयौँ जना उपस्थित रहेकाे थियो ।

कमेन्टहरु