मुस्ताङको कागबेनीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न (फोटो फिचर)


मुस्ताङ, वैशाख २१ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ४ कागबेनी स्थित कागबेनी समाज घरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सामुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय मुस्ताङद्वारा आयोजित नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख श्रीमती माया गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ढिकि गुरुङ, प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापा मगर, गाउँपालिका अन्तर्गतका वडा नं १, २ र ४ का वडा अध्यक्षहरू र वडा सदस्यहरू एवम् आमा समुहका अध्यक्ष तथा पदाधिकारी लगायत विभिन्न पेशा व्यवसाय सघं सस्था, विद्यार्थी र सर्वसाधारण गरि ८० जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको सुरुमा प्रहरी नायब उपरीक्षक पाण्डेयले जिल्ला प्रहरी कार्यालयले गरेका क्रियाकलापहरुको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । त्यस पश्चात् सहभागिहरुले जिज्ञासा राखेका थिए । अन्त्यमा सहभागिहरुबाट उठेका सवालहरुको सम्बोधन गरि कार्यक्रम समापन गरिएको थियो ।

























