घटना

सिरहाका अमितकुमार साहले प्रहार गरेका गोली लागि छात्रा घाईते

नवलपुर टुडे
२०८१ बैशाख २१ | मध्यान्ह ०४:०१ बजे

झापा । झापाको दमकमा गोली प्रहारबाट एक विद्यार्थी घाइते भएकी छिन् । शुक्रबार दिउँसो साढे १२ बजेतिर सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले एक छात्रामाथि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

उदयपुर घर भई दमकमा डेरा बसेर पढ्दै गरेकी १८ वर्षीया एनिका अधिकारीलाई गोली प्रहार भएको हो । अधिकारी हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् । उनी कक्षा १२ को परीक्षा दिएर डेरा फर्किंदै थिइन् । गोली लागेर उनको दाहिने हातमा चोट लागेको प्रहरीको भनाइ छ ।

मकस्थित लाइफ लाइन अस्पतालमा उनको उपचार भइरहेको छ। गोली हानेर फरार अभियुक्तको खोजी भइरहेको छ।

कमेन्टहरु