तस्कर

नवलपुर प्रहरीद्वारा ४३ वटा गोरुसहित दुई वटा ट्रक नियन्त्रणमा

नवलपुर टुडे
२०८१ बैशाख १९ | मध्यान्ह ०९:०१ बजे

नवलपुर, वैशाख १९ । नवलपुरको गैँडाकोट नगरपालिका- २ स्थित पुलको मुखबाट प्रहरीले ४३ वटा गोरुसहित दुई वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

बुटवल-नारायणघाट सडकखण्डमा खटिएको प्रहरी चेकिङ टोलीले कालीगण्डकी करिडोरको बाटो हुँदै गैँडाकोटतर्फ आउँदै गरेको ना ६ ख ६९७ र ना ६ ख २७४९ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ना ६ ख ६९७ नम्बरको ट्रकबाट २१ वटा र ना ६ ख २७४९ नम्बरको ट्रकबाट २२ वटा गोरु बरामद गरि नियन्त्रणमा लिइएको नवलपुर प्रहरी निरीक्षक कमल परियारले जानकारी दिएको छ ।

उक्त गोरुसहितको ट्रकको सुचना दिने पत्रकारहरुलाई  प्रहरी निरीक्षक परियारले धन्यवादसमेत दिएको छ । नियन्त्रणमा लिएको गोरुलाई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन सेन्टर रामनगर चितवन पठाइएको प्रहरी निरीक्षक परियारले बताए ।

कमेन्टहरु