समाज

विजयनगरका दुई वटा गाउँमा आगलागी, ५० बढि घरगोठ नष्ट

धर्मेन्द्र कुमार कुर्मी
२०८१ बैशाख १९ | मध्यान्ह ०८:०१ बजे

कपिलवस्तु । कपिलवस्तुको विजयनगरका दुई वटा गाउँमा बुधवार आगलागी भएको छ । विजनगर गाउँपालिका वडा ५ को डालपुर र नौरगिया गाउँमा दिउँसो २ बजेबाट आगलागी सुरु भएको हो ।

आगलागीका कारण २८ वटा घर,२५ वटा गोठ र ३ वटा भन्साघर जलेको वडा अध्यक्ष अनवर मुसलमानले बताउनुभयो ।चार घण्टा पश्चात दमकल प्रहरी र स्थानीयहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

हावाहुरीका कारण खेतबारीबाट गाउँमा आगो सल्किएको हुनसक्ने ईलाका प्रहरी कार्यालय गणेशपुरले अनुमान गरेको छ । आगलागीको विस्तृत जानकारीको लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शिवराज, महाराजगंज र कृष्णनगरको दमकलले आगो नियन्त्रणमा लिइएको थियो ।

कमेन्टहरु