नि:शुल्क शल्यक्रियाबाट ९ जना लाभान्वित


कीर्तिपुर । कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा. लि. ले बैशाख १५ गते शनिवारबाट निःशुल्क मोतिबिन्दुको शल्यकृया सुरू गरेकाे छ ।
नि:शुल्क शल्यक्रियाकाे पहिलाे दिन ९ जना लाभान्वित भएकाे छ । फेको प्रविधि ( मेशिन ) बाट ८ जना मोतिबिन्दु र १ जना आँखामा मासु पलाउने रोग गरी जम्मा ९ जना को निःशुल्क शल्यक्रिया गरिएकाे थियाे ।
मित्रराष्ट्र इटालियन र कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्रको आर्थिक सहयोग र कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा.लि.को प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा जाँच तथा चश्मा वितरण कार्यक्रमबाट मोतिबिन्दु, आँखामा मासु पलाउने रोगको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिएकाे थियाे ।
कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा.लि. काे निजि भवन बाहिरीगाउँमा भईरहेकाेले निःशुल्क चश्मा वितरण समेत गरिरहेकाले चश्मा लिन बाँकीले चश्मा लिन आउन हुन आँखा विज्ञ राजेन्द्र महर्जनले जानकारी दिए।
























