लुम्बिनी प्रदेश

नेकपा एमालेका अधय्क्ष ओली २६ गते कपिलवस्तुको विजयनगर आउदै

नवलपुर टुडे
२०८१ बैशाख १९ | बिहान ०८:०१ बजे
विजय सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओली ।

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा २६ गते बुधबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली आउनुहुने भएको छ ।

गाउँपालिकाको वडा नम्बर ६ बद्दौरमा निर्माण भएको १५ शैय्या अस्पतालको भवन उद्घाटन गर्न एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली आउन लागेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिनुभएको छ ।

अस्पतालको भवन उद्घाटनको लागि तयारी भई सकेको बताउँदै २६ गते बुधबार बिहान ८ बजे ओेलीद्वारा अस्पताल उद्घाटन गरिने कार्यक्रम तय भएको अध्यक्ष थापाले बताउनु भएको छ ।

अस्पतालको भवन उद्घाटन पश्चात विस्तारै आवश्यक व्यवस्थापन गरि सेवा सुचारु गरिने अध्यक्ष थापाले बताउनुभयो ।

विजयनगर अस्पताल १८ करोड १६ लाखको लगानीमा निर्माण भएको हो । केपी ओली को नेतृत्वमा रहेको तत्कालीन नेपाल सरकारले ग्रामीण क्षेत्रमा रहेका जनतालाई स्वास्थ सेवा दिनका लागि प्रत्येक स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गरि सञ्चालनमा ल्याउने अवधारणालाई अघि बढाएको थियो ।

कमेन्टहरु