कर्णालीका नवनियुक्त ४ मन्त्रीले लिए शपथ, मन्त्री शाहले गरे शपथ बहिष्कार

नवलपुर टुडे
२०८१ बैशाख १८ | मध्यान्ह ०४:०१ बजे

सुर्खेत, वैशाख १८ । कर्णाली प्रदेशका नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार उनीहरुलाई शपथ खुवाएका हुन् ।
शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन् । यस्तै राज्यमन्त्री गोमता विकले पनि शपथ लिने भएकी छन् ।
कृषि मन्त्रीमा नियुक्त भएका विनोद कुमार शाह भने शपथ ग्रहणमा उपस्थित भएका छैनन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा दाबी गरेका शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएपछि उनले शपथ ग्रहण कार्यक्रम नै बहिस्कार गरेका छन् ।























