शैक्षिक भ्रमणका लागि मुस्ताङ गएको बस दुर्घटना, २१ जना विद्यार्थी घाइते

नवलपुर टुडे
२०८१ बैशाख १८ | मध्यान्ह ०१:०१ बजे

पोखरा, वैशाख १८ । काठमाडौबाट शैक्षिक भ्रमणका लागि मुस्ताङ गएको बस मुक्तिनाथ दर्शन गरी फर्कँदै गर्दा दुर्घटना भएको छ । दुर्घटनामा २१ जना विद्यार्थी घाइते भएका छन् ।
काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका ३३ विद्यार्थी सवार प्रदेश नम्बर ३ ०१००६ ख ६२२ नम्बरको बस मंगलबार बिहान मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४, कागबेनीमा सेल्फिडाँडामा दुर्घटना भएको मुस्ताङ प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।
घाइते विद्यार्थीहरुको जोमसोम अस्पतालमा उपचार भइरहेको डिएसपी पाण्डेले बताए । उनीहरूको अवस्था सामान्य रहेको र केही समयमा डिस्चार्ज हुने उनको भनाइ छ ।























