दुर्घटना

सुर्खेतमा बस दुर्घटना हुँदा ११ जना घाइते, ४ जनाको अवस्था गम्भीर

नवलपुर टुडे
२०८१ बैशाख १८ | बिहान ११:०१ बजे

सुर्खेत, वैशाख १८ । सुर्खेतको सिम्ता गाउँपालिका–३ मस्तरामा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । नेपालगन्जबाट जाजरकोटको लिस्सातर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको यात्रुबहाक बस आज बिहान ३ बजेतिर दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भई सडकको बाँया किनारामा पल्टिएर दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय बादेपिपलका प्रहरी निरीक्षक भीमबहादुर खड्काले बताए ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको उनले बताए । घाइतेहरूको जामुने बजारमा रहेको शाही शिवालय सामुदायिक हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा उपचार भइरहेको छ ।

बसमा १९ जना यात्रु सवार थिए । बस चालक रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१४, बस्ने २४ वर्षीय प्रकाश मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

घाइतेहरूको विवरण  

१) जिल्ला जाजरकोट बारेकोट गा.पा. १ बस्ने वर्ष ६५ कि कलि नेपाली दुवै हात र टाउकोमा चोट अवस्था मध्यम ।

२) जिल्ला रुकुम पश्चिम चौरजहारी न.पा. १ बस्ने वर्ष ४८ को विजय गोसाईं दाहिने हातमा चोट सामान्य ।

३) ऐ.ऐ. बस्ने वर्ष ४८ कि खुमा कु. गोसाईं दाहिने खुट्टामा,ढाडमा चोट मध्यम ।

४) जिल्ला जाजरकोट भेरी.न.पा. १ बस्ने वर्ष १५ कि गृष्मा राना टाउकोमा, वाँया खुट्टामा,पेटमा चोट अवस्था मध्यम

५) जिल्ला दैलेख चामुण्डामा ग.पा. २ बस्ने वर्ष २३ गणेश थापा दाहिने हातमा चोट सामान्य ।

६) जिल्ला जाजरकोट छेडागाड न.पा. १३ बस्ने वर्ष १७ कि लक्ष्मी सिंह ढाडमा, टाउकोमा चोट अवस्था मध्यम

७) ऐ.ऐ. बर्ने वर्ष २० को गोविन्द सिंह अण्डकोषमा चोट अवस्था मध्यम ।

८) जिल्ला बाँके कोहलपुर न.पा. २ बस्ने वर्ष ४२ को लाल ब. सिंह वाया हातमा चोट सामान्य ।

९) जिल्ला जाजरकोट नलगाड न.पा. ५ बस्ने वर्ष ५२ को भीम ब. सिंह वाँया खुट्टमा चोट अवस्था सामान्य ।

१०) जिल्ला डोल्पा त्रिपुरा सुन्दरी गा.पा. ४ बस्ने वर्ष २१ कि रनिता परियार टाउकोमा,ढाड,खुट्टामा चोट अवस्था मध्यम ।

११ ) जिल्ला रुकुम पश्चिम चौरजहारी न.पा. १ बस्ने वर्ष ३० कि केतना नेपाली पेटमा चोट अवस्था सामान्य ।

 

कमेन्टहरु