नवलपरासीको देवकोटा चोक र महेशपुर चोकबाट ५ लाख भन्दा बढीको अवैध सामानसहित १ जना पक्राउ


नवलपरासी, वैशाख १७ । पश्चिम नवलपरासीको विभिन्न स्थानबाट प्रहरीले ५ लाख ५ हजार ५ सय ४० रुपैंया बराबरको भन्सार छलिका अबैध सामानसहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी मातहत प्रहरी इकाईहरुबाट खटिएको टोलीले सुनवल नगरपालिका वडा नं. १ देवकोटा चोकबाट अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य रु १ लाख ९३ हजार ४० बराबरको कपडा तथा इलेक्ट्रोनिक सामान बरामद गरेको नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
यस्तै, इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको टोलीले पाल्हीनन्दन गाउपालिका वडा नं. १ महेशपुर चोकबाट अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य रु ३ लाख १२ हजार ५०० बराबरको कपडा तथा अटोसहित अटो चालकलाई नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिएका सामान अटो चालकलाई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए ।























