सांसद चौधरी र कलवार जनताको अदालतमा


नवलपरासी । संघीय सांसद बिनोद चौधरी र लुम्विनी प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार ( सन्तु ) ले आज संयुक्त रुपमा जनताको अदालत माझ जनताले उठाएको बिषयको सयुक्त रुपमा जवाफ दिनुभएको छ ।
प्रतापपुरस्थित बेलाटारीमा आयोजीत जनताको अदालतमा उपस्थित भएका आम नागरिकहरुले यस क्षेत्रको समग्र बिकास निमार्णका बिषयबारे संघीय सांसद चौधरी र प्रदेश सांसद कलवारको ध्यानआकर्षण गराएका थिए ।
सांसदद्धय चौधरी र कलवारले प्रत्येक महिना आफ्नो निर्वाचन क्षेत्रका आम नागरिकहरु जनताको अदालतमा गई हालसम्मको प्रगती र आगामी योजनाबाट सरोकारवाला संग प्रत्यक्ष छलफल गर्दै आएका छन् । सो अवसरमा समग्र बिद्यूतीकरण, बाटो घाटो, महिला उद्यमी, शिक्षा, स्वास्थ्य, लगायतका बिभिन्न बिकास निमार्णको आवश्यकता र औचीत्यता बारे जनताहरुले सांसदद्धय चौधरी र कलवारलाई जानकारी गराएका थिए ।
सो अवसरमा बोल्दै संघीय सांसद चौधरीले यस क्षेत्रको चौतर्फी बिकास आफु एक जिम्मेवार जनप्रतिनिधीको हैसियतले जिम्मेवारी रुपमा काम गर्दै आएर आगामी दिनमा समेत काम गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
यसैगरी सो अवसरमा प्रदेश सभा सदस्य कलवारले आफुले जनताको समस्या समाधान गर्ने र बिकासका लागी संघीय सांसद बिनोद चौधरी संग सहकार्य गरी जनताको सेवामा लाग्दै आएको बताउनुभयो । सांसदद्धय चौधरी र कलवारले प्रत्येक महिना आफ्नो निर्वाचन क्षेत्रका आम नागरिकहरु जनताको अदालतमा गई जनताको समस्या सुन्ने र समाधानका लागी पहल गर्दै आएका छन् ।
























