भोजपुर जिप दुर्घटना : मृत्यु हुनेको संख्या दुई पुग्यो

नवलपुर टुडे
२०८१ बैशाख १७ | मध्यान्ह ०२:०१ बजे

भोजपुर, वैशाख १७ । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
आज बिहान बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोसी नदी किनारमा खस्दा एक जनाको घटनास्थलमै र अर्का एकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।
प्रहरी निरीक्षक राईका अनुसार आमचोक गाउँपालिका–१० निवासी २७ वर्षीया रुना राईको घटनास्थलमा र शान्ति राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बलेरोमा चौध यात्रु रहेका थिए भने गम्भीर घाइतेलाई थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।























