चौधरी फाउण्डेसनको सहयोगमा मदरसामा खानेपानी उपकरण


नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता ०४ नर्सहीस्थित गोसीया अहले सुन्नत मदरसा ( मदरसा ) मा शुद्ध पिउने पानी ब्यवस्थापनका लागी चौधरी फाउण्डेसनको सहयोगमा शुद्ध पानी फिल्टर गर्ने खानेपानी उपकरण जडान गरिएको छ ।

बिद्यालयमा कक्षा ७ सम्मका १३० बिद्यार्थी अध्ययरत छन् । यस अगाबै यहाँ शुद्ध खानेपानी समस्या रहदै आएको थियो । यद्यपी अब चौधरी फाउण्डेसनको सहयोगमा शुद्ध खानेपानी फिल्टर गर्ने उपकरण बिद्यालयमा जडान गरिएपछि बिद्यार्थीहरु लाभाम्वित बनेका छन् ।

मदरसामा अबलोकन गर्दै चौधरी फाउण्डेसनकी सचिव एवंम् समाजसेवी सारिक चौधरीले फाउण्डेसनले बिद्यार्थीहरुको समस्यालाई मध्यनगर गर्दै शुद्ध पिउने पानीको ब्यस्थापनका लागी उपकरण प्रदान गरि सहयोग गरिएको र फाउण्डेसनले यस क्षेत्रमा आगामी दिनमा समेत सामाजीक क्रियाकलाप गर्दै जाने बताउनुभयो ।

सो अबलोकनको क्रममा बिद्यार्थी, बिद्यार्थीका अभिभावक तथा शिक्षकहरुले खानेपानी उपकरण जडान गरिएकोमा चौधरी फाउण्डेसनलाई धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरिएको बताएका थिए।
























