चौधरी फाउण्डेसनको सहयोगमा ब्युटिपालर तालिम


नवलपरासी । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको बर्दघाट ११ स्थित भगजोगनीमा तीन महिने आधारभुत ब्युटिपालर तालिम सम्पन्न गरिएको छ ।
चौधरी फाउण्डेसनको आर्थिक सहयोग तथा पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको तालिममा २५ जनाको सहभागीता रहेको थियो ।

तालिम समापन समारोहमा चौधरी फाउण्डेसनकी सचिव एवंम् समाजसेवी सारिक चौधरीले चौधरी फाउण्डेसनले महिलाहरुलाई उत्तमशिलतामा अघि बढाउन विभिन्न प्रकारका सामाजिक क्रियाकलाप गर्दै आईरहेको र आगामी दिनमा समेत निरन्तरता दिने बताउनुभयो ।

सो अवसरमा नेपाल महिला संघकी केन्द्रिय सदस्य एवंम् नेत्रृी कमला तिवारी, तालिम आयोजक संस्था पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष लोमा वाग्ले सहभागी रहेको थियो ।
चौधरी फाउण्डेसनले नवलपरासीमा पछिल्लो पटक विभिन्न सामाजिक क्रियाकलाप गर्दै आईरहेको छ ।

























