दुर्घटना

नवलपरासीमा भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु, एकजना घाईते

नवलपुर टुडे
२०८१ बैशाख १६ | मध्यान्ह ०१:०१ बजे

परासी, बैशाख १६ । नवलपरासीको भुमहीमा भारतीय ट्रकले स्कुटरलाई ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक घाईते भएका छन ।

सुनवल नगरपालिका- १२ भुमही चोकस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको युपि ५५ बिति २५४६ नं.को ट्रकले सोही दिशा तर्फ जादै गरेको लु २६ प ९२८ नं. को स्कुटरलाई ठक्कर दिदा सो घटना भएको हो ।

दुर्घटनामा परी गुल्मी घर भई सुनवल नगरपालिका- १३ सुन्दर बस्तिमा कोठा भाडामा बस्ने बर्ष अं.३७/३८ की कमला घर्तिमगरको टाउको र छातिमा चोट लागेको थियो । उनलाई जिल्ला अस्पताल परासीमा उपचारको लागि पुर्‍याउदा डाक्टरले मृत घोषणा गरेको हो ।

घाईते सुनवल नगरपालिका- १३ सुन्दर बस्ति बस्ने बर्ष ५५ को कर्ण बहादुर गुरुङको उनको दायाँ खुट्टा, दायाँ हातको कुममा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । उनको सामुदायिक अस्पताल भुमहीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

ट्रक चालक भारतको आजिङगढ बस्ने बर्ष अं. ३१ को श्रवण यादवलाई दुबै सवारी साधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भैईरहेको बोहराले बताए ।

कमेन्टहरु