पाल्पामा टिप्परकाे ठक्करबाट एक जनाकाे घटनास्थलमै मृत्यु

नवलपुर टुडे
२०८१ बैशाख १५ | मध्यान्ह ०८:०१ बजे

पाल्पा, वैशाख १५ । पाल्पाको तिनाउ गाउँपालिका–२ सिसखोला नजिकै टिप्परको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाकै रैनादेवी छहरा गाउँपालिका–७ जुठापौवाका ४५ वर्षीय जगबहादुर बलाल रहेका छन् ।
शनिबार बेलुकी ५ बजेतिर बुटवलबाट दोभान कचल सडक हुँदै सर्वोत्तम सिमेन्ट खानीतर्फ जाँदै गरेको लु २ ख ८७४ नम्बरको टिप्परले विपरीत दिशाबाट आइरहेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बलालको घटनास्थलमै मृत्यु भएको दोभान प्रहरी चौकीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ । प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ ।























