नवलपरासी सेवा समाज युएईद्वारा एकल महिला पीडित परिवारलाई आर्थिक सहयोग


परासी । नवलपरासी सेवा समाज युएईले शनिबार एक कार्यक्रमका बीच एकल महिला पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । समाजले सरावल गाउपालिका- १ बासाबसही बस्ने एक महिला गिता बस्याललाई नगद ३१ हजार रुपियाँ सहयोग गरेको समाजका अध्यक्ष भुपराज डुम्रेले जानकारी दिए ।
अध्यक्ष डुम्रेको अध्यक्षता तथा सरावल गाउँपालिका- १ का वडाध्यक्ष विण्णु भट्राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्राईले राज्यले पुरा गर्नुपर्ने दायित्वलाई यस समाजले पुरा गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा एकल महिला पीडितको तर्फबाट बोल्दै कार्यक्रमका विशेष अतिथि नारायण पाण्डेले यस समाजले विभिन्न क्षेत्रमा सहयोग गर्दै सबैको मन जित्न सफल भएको बताउदै सहयोगको दुरुपयोग हुन नदिन ध्यान दिनुपर्ने कुरामाथि जोड दिए ।
सो अवसरमा समाजका पुर्व अध्यक्ष कृष्ण भुसाल, दयाराम डुम्रे लगायतको आतिथ्यता रहेको कार्यक्रममा समाजका सचिव कृष्ण तिवारीले समाजले सरावल गाउँपालिका भित्रै विभिन्न मठ मन्दिर, विद्यालय भवन लगायतका समाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको जानकारी गराए ।
समाजमा नवलपरासीका मात्रै २ सय सदस्य रहेको कार्यक्रम सञ्चालक तापेन्द्र न्यौपानेले जानकारी दिए ।
























