नवलपुरको बिनयी त्रिवेणीमा टिप्पर दुर्घटना हुँदा चालक घाइते

नवलपुर टुडे
२०८१ बैशाख १५ | मध्यान्ह ०७:०१ बजे

नवलपुर, वैशाख १५ । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका वडा नं २ त्रियासी मोड स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा टिप्पर दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
दाउन्नेबाट दुम्कीबास तर्फ जाँदै गरेको लु २ ख ३४५६ नं. को टिप्पर अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खस्न जाँदा चालक पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं २ बस्ने वर्ष ३६ का जित बहादुर चौधरी घाइते भएको नवलपुर प्रहरीले जनाएको छ ।
घाइते चौधरीलाई उपचारको लागी चिसापानी अस्पताल बर्दघाट पठाईएको छ । उनको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको नवलपुरका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरिक्षक कमल परियारले जानकारी दिए ।























