शिक्षा

प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला

नवलपुर टुडे
२०८१ बैशाख १५ | मध्यान्ह ०१:०१ बजे

काठमाडौं, वैशाख १५ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलाएको छ । आयोगले आज (शनिबार) विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो ।

खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई-मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग वा अल्पसंख्यक मुसलमान समुदायका लागि विज्ञापन खुलाइएको छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा ११०३, कोशीमा १०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५,  सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आवेदन खुलेको छ ।

योग्यता पुगेका इच्छुक नागरिकले आयोगको अनलाइन दरखास्त प्रणाली  https://online.tsc.gov.np बाट जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुरमा भने २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

कमेन्टहरु