दुर्घटना

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, ९ जना घाईते

नवलपुर टुडे
२०८१ बैशाख १३ | मध्यान्ह ०१:०१ बजे

बुटवल, वैशाख १३ । बुटवलबाट बेलहियातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ९ जना घाईते भएका छन् ।

बुटवलबाट बेलहियाका लागि छुटेको ना २ ख १४१५ नम्बरको यात्रुबाहक बस सिद्धार्थनगर नगरपालिका वडा नं १ बाईपासमा सडकमै अनियन्त्रीत भई आफै पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका – ६ नयामिलका ४४ वर्षीय चोक बहादुर राना सोही ठाउँकै ४१ वर्षीया तारादेवी थापा, सैनामैना नगरपालिका – २ सरौलीका ५८ वर्षीय अमर बहादुर बिक, देवदह नगरपालिका – ४ केरवानिका ५ वर्षीया पुजा चौधरी, तिलोत्तमा नगरपालिका – २ योगिकुटीका २३ वर्षीया सुजता पाण्डे र ४५ वर्षीय बिष्णु प्रसाद भुषाल घाईते भएका छन् ।

त्यसैगरी तिलोत्तमा नगरपालिका नयामिल बस्ने ५० वर्षीया चन्द्रकला भट्टराई, सिद्धार्थनगर नगरपालिका – १ वाईपास बस्ने ४७ वर्षीय कुमारनाथ योगि र सैनामैना नगरपालिका – ७ बस्ने बर्ष ३५ को बर्जंगे सिंह सैतवार घाईते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको भैरहवास्थित भिम अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

कमेन्टहरु