बिहीबार कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिने

नवलपुर टुडे
२०८१ बैशाख ११ | मध्यान्ह ०७:०१ बजे

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते (बिहीबार) संसदबाट विश्वासको मत लिने भएका छन् । त्यसका लागि मंगलबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन् ।
प्रदेश सभाका सूचना अधिकारी उपेन्द्र गुरुङले बिहीबार विश्वासको मत लिने गरी पत्र दर्ता भएको जानकारी दिए ।
यद्यपि सत्तारुढ गठबन्धनमा भागबण्डाको कुरा नमिल्दा अहिलेसम्म सरकार विस्तार भने हुन सकिरहेको छैन । मंगलबार मुख्यमन्त्री कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भागबण्डाको विषयमा वृहत् रूपमा छलफल भएको छ ।























