दुर्घटना

दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटना, तीनै जनाको अवस्था गम्भीर

नवलपुर टुडे
२०८१ बैशाख ११ | बिहान ०७:०१ बजे

दाङ, वैशाख १० । तुलसीपुर-घोराही सडकखण्ड अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ ग्वारखोला पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । 

घाइते हुनेहरुमा तुलसीपुर – ४ तल्लो हलवार बस्ने मोटरसाइकल चालक सुनिल चौधरी, मोटरसाइकलमा पछाडि सवार विशाल चौधरी र गणेश चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

सोमबार राती १० बजेतिर तुलसीपुरदेखि घोराहीतर्फ जाँदै गरेको तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । घाइतेहरूको अवस्था गम्भीर रहेको छ ।

दुर्घटना पश्चात् घाइतेहरुलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । उनीहरूको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

कमेन्टहरु