दुर्घटना

कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

नवलपुर टुडे
२०८१ बैशाख ९ | बिहान ०९:०१ बजे
फाइल तस्बिर

कञ्चनपुर, वैशाख ९ । कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको बेलौरी नगरपालिका–५ मैनाहस्थित कलुवापुर बेलौरी सडक खण्डमा कलुवापुरबाट बेलौरीतर्फ आउँदै गरेको से २ त २२५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक लालझाडी गाउँपालिका–६ चान्देउका ३५ वर्षीय सुरेश चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

पानी ट्याङ्की जडित ट्याक्टर अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा ट्याक्टर मुनि च्यापिएर चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

कमेन्टहरु