दुर्घटना

काठमाडौं महानगरको दमकल चोभारमा दुर्घटना, ६ जना घाइते

नवलपुर टुडे
२०८१ बैशाख ८ | मध्यान्ह ०२:०१ बजे

काठमाडौं, वैशाख ७ । चोभारस्थित जंगलमा लागेको आगो निभाउन गएको काठमाडौं महानगरको दमकल पल्टिँदा ६ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले आगो निभाउन चोभार उक्लिने क्रममा दमकल पल्टिएको बताए ।

घटनामा परेरका तीनतीन जना सशस्त्र प्रहरी र नगर प्रहरी घाइते भएको उनले जानकारी दिए । डीएसपीका अनुसार घाइतेहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु सामान्य रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु