गण्डकी प्रदेश

गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री चुमान र मनाङेले पाए जिम्मेवारी

नवलपुर टुडे
२०८१ बैशाख ८ | बिहान ११:०१ बजे

पोखरा, वैशाख ८ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । शनिबार मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्री हरिबहादुर चुमान र राजीव गुरुङ ‘दीपक मनाङे’लाई मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।

जिम्मेवारीअनुसार चुमानले आर्थिक मामिला र मनाङेले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र आज बिहान प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो । ९ मन्त्रालय रहेको गण्डकी प्रदेशमा बाँकी ७ वटा मुख्यमन्त्रीले आफैँसँग राखेका छन् ।

कमेन्टहरु