पाल्पाको निस्दी र हुँगीमा सवारी दुर्घटना हुँदा १२ जना घाइते

नवलपुर टुडे
२०८१ बैशाख ८ | बिहान ११:०१ बजे

पाल्पा, वैशाख ९ । पाल्पाकाे निस्दी गाउँपालिका – ३ खाँदरमा जन्ती बाेकेकाे जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । शुक्रबार राति खाँदरबाट सहलकाेट जाने क्रममा जिप दुर्घटना भएकाे हो ।
जिपमा सवार १७ मध्ये १० जना घाइते भएका थिए । उनीहरूकाे रामपुरस्थित रामपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, कालीगण्डकी काेरिडाेर अन्तर्गत हुँगी असर्दीमा शुक्रबार बेलुकी ५ बजेतिर कार र माेटरसाइकल एक आपसमा ठाेक्किँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था घम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
हाल दुबै जनाकाे लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेकाे छ ।























