जसपा सांसद हसिना खानले लिइन् शपथ

नवलपुर टुडे
२०८१ बैशाख ७ | मध्यान्ह ०२:०१ बजे

काठमाडौं, वैशाख ७ । जनता समाजवादी पार्टी (जसपा) की सांसद हसिना खानले प्रतिनिधि सभा सदस्यको शपथ लिएकी छिन् । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
गत चैत २२ गते ललितपुरको बालकुमारीमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी खानलाई समानुपातिक सांसद बनाउन सिफारिस गरेको थियो ।
जसपाकी मञ्जु शर्मा अन्सारीको गत चैत ४ गते निधन भएपछि उक्त पद रिक्त थियो ।























