चितवनको सत्रकिलोमा ट्रक र कार आपसमा ठोक्किँदा कारमा सवार चार जना घाइते


चितवन, वैशाख ७ । चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा ट्रक र कार एक आपसमा ठाेक्किँदा चार जना घाइते भएका छन् ।
आज बिहान ६ः१० बजेको समयमा भरतपुरबाट मुग्लिङतर्फ जादै गरेको बि एबी ५३२० नम्बरको कार र बिपरित दिशाबाट आउदै गरेको बा प्र०३–००१ ख २०६३ नम्बरको ट्रक एक आपसमा ठक्कर खादा कारमा सवार चार जना यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेहरुमा कार चालक भरतपुर–१९ बस्ने बर्ष ३८ को शैलेन्द्र सुवेदी, कारमा सवार रुपन्देही बुटवल उपमहानगरपालिका–२ बस्ने बर्ष ४६ को सुमन मल्ल, सोहि ठाउँका ७४ वर्षीय केशव मल्ल र ६८ वर्षीय सुवर्ण मल्ल रहेका छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले बताए । ट्रक चालक धादिङ धुनेबेशी नगरपालिका–७ बस्ने बर्ष ४२ को राजु भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।























