सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५४ जना घाइते

नवलपुर टुडे
२०८१ बैशाख ७ | बिहान ०८:०१ बजे

काठमाडौं, वैशाख ७ । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दोलखाको भीमेश्वर नगरपालिपका- १ सुस्पाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको बा ४ ख ५६१६ नम्बरको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जानकारी दिए ।
बस त्रिपुरासुन्दरी- ५ धारावतिबाट १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना मा ५४ जना घाइते भएको छन् ।























