स्वास्थ्य

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै

नवलपुर टुडे
२०८१ बैशाख ६ | बिहान ०८:०१ बजे

काठमाडौँ । आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदै छ ।

आज र भोलि दुई दिन सरकारले बालबालिकाहरूलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई खुवाइन्छ ।

भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । 

 

कमेन्टहरु