मधेस प्रदेशसभाको बैठकमा तोडफोड

नवलपुर टुडे
२०८१ बैशाख ४ | मध्यान्ह ०८:०१ बजे

काठमाडौं । मधेस प्रदेशसभाको बैठकमा तोडफोड भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकमा मंगलबार जनमत पार्टी र नेपाली कांग्रेसका सांसदहरू तोडफोडमा उत्रिएका हुन् ।
जबर्जस्ती बैठक चलाउन खोजिएको भन्दै सांसदहरू विरोधमा उत्रिएका हुन् । उनीहरूले सभामुख रामचन्द्र मण्डलको माइकसमेत तानेका थिए ।
विवादपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।























