हेम्जामा बस दुर्घटना, ८ जना घाइते

नवलपुर टुडे
२०८० चैत्र २९ | बिहान ०९:१२ बजे

पोखरा । पोखराको हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् ।
घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँबाट म्याग्दीको दरबाङ जाँदै गरेको ग २ ख १६३० नम्बरको बस सुईखेतमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।























