दुर्घटना

दाङमा रात्री बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर टुडे
२०८० चैत्र २८ | बिहान ०७:१२ बजे

दाङ, चैत २८ । दाङमा रात्री बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

तुलसीपुरबाट कठमाडौं जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्री बसले गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका – १७ का  २३ बर्षीय सौगात ओलीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार घोराही उपमहानगरपालिका – १७ सिस्नेखोलाको ओरालोमा राति पौने ९ बजे बसले मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते ओलीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै मोटरसाइकलको पछाडि सवार तुलसीपुर उपमहानगरपालिका– ११ बेलगनारका ३५ बर्षीय शरद लामिछाने घाइते भएका छन् । उनको घोराहीमा उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु