मधेश प्रदेश

नेशनल मेडिकल कलेजका एमडी र ल्याब इन्चार्जलाई रिहा गर्न माग गर्दै वीरगञ्जमा प्रदर्शन

नवलपुर टुडे
२०८० चैत्र २७ | मध्यान्ह ०६:१२ बजे

वीरगञ्ज । ल्याबमा म्याद गुज्रेको केमिकल भेटिएपछि पक्राउ परेका नेशनल मेडिकल कलेजका एमडि सहनवाज हुसेन र ल्याब इन्चार्ज सञ्जय साहको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिएको छ । कलेजमा कार्यरत डाक्टर र कर्मचारीद्वारा प्रदर्शन गरिएको हो।

उनीहरुले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।प्रदर्शनमा सहभागी भएकाहरुले हातमा झाडु लिएर जिल्ला प्रहरी कार्यालयअगाडिको मुख्य बाटो पनि केहीबेर अवरुद्ध गरेका थिए। जसका कारण आवतजावत ठप्प भएको थियो। सोमबार वीरगञ्ज महानगर र पर्सा प्रहरीको अनुगमन टोलीले नेशनल मेडिकल कलेजको ल्याबमा अनुगमन गरेको थियो।

अनुगमनको क्रममा ल्याबमा म्याद गुज्रिएको केमिकल प्रयोग भइरहेको फेला परेको थियो। ल्याबमा म्याद गुज्रिएका केमिकल प्रयोग भइरहेको पाइएपछि प्रहरीले कलेजका एमडी र ल्याब इन्चार्जलाई पक्राउ गरेको थियो।

कमेन्टहरु