कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

नवलपुर टुडे
२०८० चैत्र २७ | मध्यान्ह ०६:१२ बजे

सुर्खेत, चैत २७ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।
प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
कँडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एसका नेताहरूको समर्थन रहेको छ ।
























