भारतको नैनितालमा गाडी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

नवलपुर टुडे
२०८० चैत्र २७ | मध्यान्ह ०१:१२ बजे

काठमाडौँ । भारतको नैनितालमा पिकअप गाडी दुर्घटना हुँदा ७ जना नेपालीको मृत्यु भएको छ ।
भारतको मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खस्दा ७ नेपाली सहित ८ जनाको मृत्यु भएको हो । गाडीमा सवार दुई नेपाली मजदुर गम्भीर घाइते भएका छन् ।
उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर घर फर्कने क्रममा दुर्घटना भएको हो ।























