रौतहटको बिश्रामपुरमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

अशोक यादव
२०८० चैत्र २६ | मध्यान्ह ०६:१२ बजे

रौतहट, चैत २६ । रौतहटको बृन्दावन नगरपालिका– १ स्थित बिश्रामपुर गाउँमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
बिश्रामपुर निवासी हुलास बैठाको छोरी १४ वर्षिया छोरी निरन्जनकुमारी बैठा नुहाउने क्रममा अचानक पानीमा डुबेर मृत्यु भएको शसस्त्र प्रहरीले जानकारी दिएको छ ।
बालिका डुबेको खबर पाउनासाथ सन्तपुर बेशबाट शसस्त्र प्रहरी नायब निरीक्षक यमबहादुर वलीको टोली घटनास्थल पुगेर बालिकालाई पोखरीबाट बाहिर निकालेको शसस्त्र प्रहरी ११ नम्बर गणले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीले बालिकालाई मृत अवस्थामा डुबेको ६ घण्टापछि पोखरीबाट बाहिर निकालेको थियो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























