कपिलवस्तु शिवराजमा टिप्परको ठक्करवाट विजयनगरका एक युवकको ज्यान गयो

नन्द किशोर कुर्मी (लालु)
२०८० चैत्र २५ | मध्यान्ह ०८:१२ बजे

कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका वडा न ९ को दश नम्वरमा टिप्परको ठक्करवाट एक जनाको ज्यान गएको छ । ना ७ ख ९०२३ नम्वरको टिप्परको ठक्करवाट सोहि गाडिको सहचालकको ज्यान गएको हो ।
ज्यान जानेमा विजयनगर गाँउपालिका वडा न २ जर्लैयाका १८ वर्षिय ईरफान भाट मुस्लमानको ज्यान गएको ईलाका प्रहरी कार्यालय सुन्दरीडांडाले जनाएको छ । मृतक मुस्लमानको शव पोष्टमार्टमको लागी शिवराज आधारभुत अस्पताल चन्द्रौटामा राखिएको छ । ठक्कर दिने टिप्पर प्रहरी नियन्त्रणमा रहेको र चालक फरार रहेको प्रहरीले वताएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाले वताएको छ























